Posted Date :25,August 2022
Date 25 Sep,2022
Venue : Adobe Hall East (MITCHELL PARK COMMUNITY CENTER), 3700 Middlefield Rd, Palo Alto, CA 94303
Time : 4:30 pm
निमन्त्रणा !! निमन्त्रणा !!!
तेन्जिङ शेर्पाको भूगोलको सगरमाथाको आरोहण र त्यहि सगरमाथा जत्रै साहस र हिम चितुवाको नामले परिचित हजुर बा आङ रिता शेर्पाप्रतिको मायाको को कथा~
हिमाल आरोहणको दुनियाँमा हिम चितुवाको नामले सर्बत्र परिचित/सम्मानित हजुर बा आङ रिता शेर्पाले मान, नाम र संमान कमाईदिनु भएको थियो नाती तेन्जिङ शेर्पालाई।क्यालिफोर्नियाको सिलिकन भ्यालीमा बा आमा संग बसेर यतै अध्ययन गरिरहेका तेन्जिङलाई कुनै कुराको कमी थिएन । यत्तिकैमा उनलाई हजुर बा को पदचाप पछ्याउने रहर जागेर आयो ।
अमेरिकन जीवनशैलीमा रमाउदै गरेको २३ बर्षको ठिटोलाई यो यात्रा तय गर्नु सजिलो थिएन । तर उनले भूगोलको सगरमाथाको टुप्पोमा नेपाली झण्डा फहराए। हजुर बा को किर्तीलाई सगरमाथाको टुप्पोमा उभिएर सलाम गरे। त्यति गर्दा तेन्जिङले आफ्नो सगरमाथा जत्रै साहस र आँटको पनि जोहो गरे।
बा आमा संग बिदेशीन बाध्य भएका हज्जारौ नेपाली मुलका नानीबाबुका लागी तेन्जिङ प्रेरणाका श्रोत हुँन। उनको आरोहण यात्रा बिबरण र साहसी कथा सुन्न तपाई त आउनु हुन्छ नै, आफ्ना नानी बाबुलाई पनि साथमा लिएर आउनुस् है। यस कार्यक्रम सन्नी सगरमाथा र चौतारीको सहकार्यमा आयोजनामा गरिंदै छ। हजुरहरु लाई चुलै निम्तो छ।
कार्यक्रम स्थल: Adobe Hall East (MITCHELL PARK COMMUNITY CENTER), 3700 Middlefield Rd, Palo Alto, CA 94303
मिति र समय: SUNDAY, SEPT 25 (4:30 PM )